बैशाख ०४, २०८१, मंगलबार
               

लुक्ला नआइदिन सबै एयरलाइन्सलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको पत्र

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला विमानस्थलमा अनिश्चितकालका लागि उडान बन्द गरेको छ ।

देशभर कोरोनाको प्रकोप बढिरहेका बेला सो गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याइदिन आग्रह गरेको हो ।

त्यसैगरी सो गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुलाई प्रवेशमा पनि रोक लगाइएको सो गाउँपालिकाले विभिन्न एयरलाइन्सलाई लेखेको पत्रमा उल्लेख छ । 

गाउँपालिकका अनुसार कोरोना भाइरस संक्रमण फैलिन नदिन गाउँपालिकाभित्रका होटल तथा लज पनि बन्द गरिएको छ । गाउँपालिकाका बासिन्दा, शिक्षक, कर्मचारीले गाउँ आउन ७२ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।

यो पनि