बैशाख १३, २०८१, बिहीबार
               

सबै नागरिकको निशुल्क कोरोना उपचार गर्न देउवाको माग

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कोरोना संक्रमित नागरिकको परीक्षण र उपचार नगर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले यस्तो बताएका हुन् । सरकारले केही दिनअघि मात्रै आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण  देखिएकाको मात्रै निशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको थियो । 

‘यो निर्णयले सरकार जनताप्रति सम्वेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको छ,‘ आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक भएको भन्दै उनले सो विज्ञप्तिमा भनेका छन्, ‘सरकारले जनताहित, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अवहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

कोभिड–१९ नियन्त्रणमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार भएको र महामारीको भयावह अवस्था सिर्जना हुनुमा सरकार जिम्मेवार रहेको उनको भनाइ छ । 

त्यसैगरी, उनले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय खारेज गर्न माग गरेका छन् । ‘नागरिकको स्वास्थ्य परिक्षणदेखि संक्रमितको उपचारसम्म सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकार र प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

यो पनि