बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री र रअ प्रमुखबीच भेट हुनु कूटनीति मर्यादाविपरीत हो : नेता रावल

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र रअका प्रमुख सामन्तकुमार गोयलको भेटलाई आपत्ति जनाएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत सो आपत्ति जनाएका हुन्। 

उनले ट्विटमा प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुखबीच भेट हुनु आपत्तिजनक र कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ उनको ट्विटमा भनिएको छ,  ‘कुटनीतिक मर्यादा विपरीत छ ।’

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भने सचिवालयमार्फत गोयलसँग भेटघाट नभएको बताइसकेका छन् ।

रअ प्रमुख गोयल बुधबार आफ्नै विमानमार्फत ११ जनाको टोलीसहित नेपाल आएका थिए । उनी बिहीबार भारत फर्किएका छन् । उनी भारत फर्किएलगत्तै नेपालमा उनीको गोप्य भ्रमणबारे निकै चासो दिइएको छ । यद्यपि उनी बिना जानकारी नेपाल आएका थिए । 

रअ प्रमुखसँग सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाको पनि भेट भएको भनी प्रचार भएसँगै उनीहरुले रअ प्रमुखसँग आफ्नो भेट नभएको भनी स्पष्टीकरण दिएका छन् । 

यो पनि