बैशाख ०४, २०८१, मंगलबार
               

ललितपुरमा दुर्घटना : मर्निङ वाकमा निस्केका एकको मृत्यु, एक घाइते

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरमा मर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर भागेको पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारी पुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो ।

ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । यद्यपि, चालक भने फरार रहेका छन् ।

जीपको ठक्करबाट बाबुकाजी महर्जनको मृत्यु भएको छ भने इमाडोलका ७० वर्षीय भाटलाल महर्जन घाइते छन् । 

उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि