चैत १६, २०८०, शुक्रबार
               

कोरोना संक्रमणबाट एकैदिन दुई कांग्रेस नेताको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणबाट एकैदिन नेपाली कांग्रेसका दुई जना महाधिवेशन प्रतिनिधिको मृत्यु भएको छ ।

बुधबार सप्तरी र डोटीमा दुई जना कांग्रेस नेताको कोरोना संक्रमणका कारण मृत्यु भएको हो  । 

सप्तरीको कञ्चनपुर गाविसका पूर्व उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि रामभरोसी गुप्ताको संक्रमणबाट मृत्यु भएको छ ।

कञ्चनपुर रौनियार समितिका अध्यक्षसमेत रहेका गुप्ताको ६५ वर्षको उमेरमा विराटनगरमास्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । गुप्तामा मधुमेह, मुटु रोग, निमोनिया र किड्नीसम्बन्धी समस्यासमते रहेको पारिवारिक स्रोतले जनाएको छ ।

कांग्रेस सप्तरीले शोक वक्तव्य जारी गर्दै गुप्ताको निधनप्रति दुःख व्यक्त गरेको छ ।

त्यसैगरी कोरोना संक्रमणको कारण डोटीमा कांग्रेस नेता तेजबहादुर पुन मगरको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार नेता पुनमा निमोनियाको समस्या थियो ।

कांग्रेस डोटीका महाधिवेशन प्रतिनिधि उनी नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्ष समेत थिए ।

उनको निधनप्रति कांग्रेस डोटी जिल्ला कमिटिले दुःख व्यक्त गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि