बैशाख १२, २०८१, बुधबार
               

कैलाली दुर्घटनामा कांग्रेस क्षेत्रीय नेतृसहित दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

धनगढी । कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाईते भएका छन् ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चिसापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

न्यौपानेले चलाएको सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको मा त्यहाँ उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका वडा नम्बर १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन् । उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 

यस्तै, बसको ठक्करबाट लम्कीचुहा नगरपालिका ९ की ३५ वर्षिया भागरथी रेग्मीको मृत्यु भएको छ । 

बर्दगोरिया गाउँपालिका ४, चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशातर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो । 

मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका ९, प्रतापुरका रामबहादुर चौधरी घाइते भएको प्रहरीले जनाएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।

ठक्कर दिने बसका चालक खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय सुखडका पमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । 

रेग्मी नेपाली कांग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषाध्यक्ष हुन् ।


कस्तो लाग्यो ?

यो पनि