बैशाख ०७, २०८१, शुक्रबार
               

मानव अधिकार आयोग दशैँमा खुल्ला रहने

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन् ।

दशैँ विदामा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ । आयोगले दशैँ विदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि