बैशाख ११, २०८१, मंगलबार
               

यस्तो छ आज बिहानैदेखि देशभरको मौसम

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका केही जिल्ला र प्रदेशमा पहिलेभन्दा मौसम परिवर्तन भएको छ ।

त्यस्तै दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको समेत जनाइएको छ ।

यसैगरी राती पनि देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ भने सुदुर पश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि