बैशाख १३, २०८१, बिहीबार
               

दक्षिणी सोमालियामा १८ लडाकू मारिए

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अल–शबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ । 

एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने सहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो । सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले स्थानीय संवाददाताहरुलाई विद्रोहीहरू लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको जानकारी दिए । 

कमान्डर जियादले विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरू परास्त भएको बताए । लोअर शाबेले क्षेत्रमा विद्रोहीका युद्धकार्य कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए । 

हालैका महिनाहरूमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । ग्रामीण क्षेत्रमा पकड बनाएका विद्रोहीहरुले सेनालाई लक्षित गरी बाटाहरुमा बारुदी सुरुङ बिछ्याउने र विद्युतीय धराप राख्ने गरेको सेनाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि