चैत १५, २०८०, बिहीबार
               

सात तस्कर मिलेर असई विक र जवान साउदको हत्या गरेको खुलासा

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या सात जना मिलेर गरेको खुलेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मटर तस्करी रोक्न खोज्दा तस्करले उनीहरुमाथि घरेलु घरेलु हतियारले हानेर हत्या गरिएको बताएका छन् । घटनामा संलग्न हुन सक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये सात जनाले सो अभियोग स्विकारेका छन् ।

शनिबार राति बा. ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका बेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । असई विकको शव भेटिएको चार दिनपछि हवल्दारको शव नदीभित्रै बालुवाले छोपेको अवस्थामा मंगलबार भेटिएको छ । 

जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको एसएसपी सिंह बताउँछन् । उनका अनुसार खाल्डोमा शवलाई फ्याकिएको थियो भने त्यसक्रममा बालुवा बगाएर पुरिएको पनि हुन सक्छ ।

जवान साउदको टाउकोमा लाठी र गद्र्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।


कस्तो लाग्यो ?

यो पनि