चैत १५, २०८०, बिहीबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका प्रदेश र जिल्लाहरुमा पहिलेभन्दा परिवर्तन भएको छ ।

त्यस्तै, दिउँसोे पनि प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै प्रदेश १ र गण्डकी प्रदेशको एक–दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यसैगरी राती पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि