चैत १५, २०८०, बिहीबार
               

पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् ।  वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ ।

भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ ।  भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी यो सातामा कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ । 

कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा चट्टानको वर्षा भएको छ र २२ सैनिकहरूलाई पहिरोले पुरेको बताइएको छ । पहिरोमा परेका ११ सैनिकको मृत शरीर पहिरोबाट निकालिएको छ भने बाँकी अन्यको खोजी भइरहेको छ, एक सरकारी वेबसाइटमा उल्लेख गरिएको छ ।

“बिहान २ बजेदेखि त्यहाँ चारदेखि पाँच पहिरो गएका थिए भने घटनास्थलमा बम जस्तै विस्फोट भएको, पूरै पहाड भत्किरहेको जस्तो आवाजसहित र विशाल चट्टान खसेर सैनिकका व्यारेक पुरेको छ,” स्थानीय अधिकारी हा न्गोक डुयङगले सञ्चारकर्मीलाई बताए ।

सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जानसक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताएका छन् । 

कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि