बैशाख ०७, २०८१, शुक्रबार
               

नेपाली महिलाले अस्ट्रियामा गरिन् तीन छोराछोरीको हत्या

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना तीन छोराछोरीको हत्या गरेकी छन् ।

अस्ट्रियाका सञ्चारमाध्यमका अनुसार अस्ट्रियाको भियना निवासी ती महिलाले शनिबार बिहान आफ्ना ८ महिने छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन् ।

जेठी छोरीलाई प्रहरीले जीवितै फेला पारेर अस्पताल लगेको भए पनि उनको मृत्यु भइसकेको बताइएको छ । 

ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेकी थिइन् । त्यसपछि उनी अस्ट्रिया गएकी थिइन् ।

उनका पति पनि भियनामै बस्छन् । तर केही समयता उनीहरू अलग अलग बस्दै आएको बताइएको छ ।

छोराछोरीको हत्या गरेपछि ती महिलाले आफैंले प्रहरीलाई खबर गरेकी थिइन् । हत्यापछि उनले आफूलाई पनि चक्कु प्रहार गरेकी थिइन् । 

तर तत्कालै प्रहरी पुगेको र उनको अवस्था गम्भीर नभएकाले नियन्त्रणमा लिएको बताइएको छ । बेलायतको मिरर अनलाइनमा यो समाचार प्रकाशित छ ।


कस्तो लाग्यो ?

यो पनि