बैशाख १२, २०८१, बुधबार
               

उदयपुरमा स्कार्पियो जीप दुर्घटना, पाँचजनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । गएराती उदयपुरमा स्कार्पियो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लास्थित कटारीमा भएको उक्त स्कोर्पियो दुर्घटनामा ५ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कार्पियो राति २ बजे दुर्घटनामा भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेका छन् भने अन्य ३ जनाको पहिचान खुलेको छैन ।


कस्तो लाग्यो ?

यो पनि