बैशाख ११, २०८१, मंगलबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले (आज) आइतबार देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि प्रदेश र जिल्लाहरुमा प्रतिकुल मौसममा फेरबदल भएको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै राती पनि प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि