चैत १६, २०८०, शुक्रबार
               

आइसियूमा उपचाररत राप्रपा अध्यक्ष थापाको कस्तो छ स्वास्थ्य अवस्था ?

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणपछि उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ । 

गत बुधबार स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा थापालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंको ओम अस्पतालको आइसियूमा उपचाररत थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । 

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, 'अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको छ भने श्वासप्रश्वासमा समस्या देखिएको छैन । उहाँको अवस्था सुधारोन्मुख छ ।'

अध्यक्ष थापा एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।

चिकित्सकहरु विश्वनाथ कोइराला, सुबोधकुमार ढकाल र प्रमेशसुन्दर श्रेष्ठको टोली अध्यक्ष थापाको उपचारमा खटिएको छ । 


कस्तो लाग्यो ?

यो पनि