बैशाख १४, २०८१, शुक्रबार
               

विहे भएकाे १५ वर्षमा कृतिम गर्भाधानले खुशी ल्यायो

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो । 

अस्पतालका प्रसुति विभागका डा. रेनुका ताम्राकारका अनुसार गत वर्षको माघमा कृत्रिम गर्भाधान गरइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् । 

डा. ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माइएको दावी गरिन् । प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने, डा.आसुदीप शर्मा, प्रा.डा.गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता उक्त मिलेको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि