बैशाख ०८, २०८१, शनिबार
               

होम आइसोलेसनमा बसेका एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

भक्तपुर । करोना सङ्क्रमण भएसँगै होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय, भक्तपुरका अनुसार दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोनाका कारण शनिबार मृत्यु भएको हो ।

असोज २८ मा कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए ।स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि