बैशाख ०७, २०८१, शुक्रबार
               

अस्पतालले डिस्चार्ज गरेकै दिन कोरोना संक्रमित बालिकाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अस्पतालले डिस्चार्ज गरेको केही समयमै मृत्यु भएको छ।  

विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको केही समयमै मृत्यु भएको हो । चौबिस दिनअघि विराट मेडिकल कलेजमा भर्ना  गरिएकी बालिकाको दुवै मृगौलाले काम गर्न छाडेको थियो । खुट्टादेखि टाउकोसम्म सुनिएकी उनलाई चार दिनअघि कोरोना पोजिटिभ पुष्टि भएपछि अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको थियो।

घर फर्कने क्रममा बालिकाको मृत्यु भएको परिवारले जनाएको छ। अस्पतालले अन्तिम अवस्थामा अन्यत्र लानु भन्दै डिस्चार्ज दिएपछि परिवारले घरै फर्काएको थियो ।


कस्तो लाग्यो ?

यो पनि