बैशाख १३, २०८१, बिहीबार
               

साथीकाे हत्या गर्ने ११ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

ललितपुर । इटाभट्टीमा काम गर्ने क्रममा आफ्नै साथीकाे हत्या गरेर फरार रहेका २ जना ११ वर्षपछि प्रहरीकाे फन्दामा परेका छन् ।

ललितपुरको गोदावरीस्थित झरुवारासीमा डिल बहादुर योञ्जनको हत्या गरेर भागेका दुईजना आरोपीलाई प्रहरीले पक्रेको हाे । 

केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाका अनुसार मकवानपुर घर भएका भिमसेन घागा मगर र रामकृष्ण चुनी मगरलाई साथीकाे हत्या गरेर फरार रहेकाे आरोपमा प्रहरीले पक्रेका हुन् । 

०६६ वैशाख २८ मा उनीहरुले आक्रमण गर्दा गम्भीर घाइते भएका डिल बहादुरको ३१ वैशाखमा वीर अस्पतालमा मृत्यु भएको थियो ।   

केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीसँगको समन्वयमा भारतमा काम गरेर गुजारा चलाइरहेका उनीहरूलाई पक्राउ गरी नेपाल ल्याएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि