बैशाख ११, २०८१, मंगलबार
               

दोस्रोपटक प्रधानमन्त्री बनिन् जासिन्डा आर्डेन

एजेन्सी
कात्तिक ०१, २०७७

ADVERTISEMENT

जासिन्डा आर्डेन दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी छिन् ।

भारी मतका साथ जासिन्डा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचिन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सिएनएनका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा आर्डेनको लेबर पार्टीले ४८.९ प्रतिशत मत प्राप्त गरेको छ ।

विपक्षी नेसनल पार्टीले २७ प्रतिशतभन्दा कम मत पाउने प्रक्षेपण गरिएको छ । 

जासिन्डा आर्डेनले कोरोना भाइरसलाई नियन्त्रण गर्न देशमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

कोरोनाको संक्रमणलाई शून्यमा झार्ने पहिलो राष्ट्र पनि न्युजिल्यान्ड नै हो । 

न्युजिल्यान्डमा हालसम्म दुई हजारभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि