बैशाख ०८, २०८१, शनिबार
               

कर्णाली विद्रोहमा सहभागी र प्रधानमन्त्रीबीच भएको छलफल सकियो

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं ।कर्णाली विद्रोहको विषयमा प्रधानमन्त्री निवासमा भएको छलफल सकिएको छ। आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावको विषयमा केन्द्रित सो छलफल सकिएको हो । 

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितमा मुख्यमन्त्री शाही र विद्रोहमा सहभागी नेता सहभागी थिए ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी भएकाहरुलाई  तपाईंहरुको कुरा आफूले सुनेको र त्यसलाई हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्ने बताए । यसका अलवा उनले अध्यक्षद्वयको निर्णय मान्न उनले छलफलमा सहभागीले बताएका छन् । त्यसैगरी, सहभागीहरुले प्रधानमन्त्रीसित पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिएका थिए । आजको छलफलमा अर्का अध्यक्ष प्रचण्ड भने अनुपस्थिति रहे । 

यसअघि कर्णाली मुख्यमन्त्री शाहीविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएपछि उनीहरु काठमाडौं आएका थिए । प्रचण्डले यसअघि नै दुवै पक्षलाई भेटेर सो घटनाबारे जानकारी लिएका छन् ।

यो पनि