चैत १६, २०८०, शुक्रबार
               

फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको सम्भावना

एजेन्सी
कात्तिक ०१, २०७७

ADVERTISEMENT

फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । 

देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । 

लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । 

भूकम्पपछि त्यस क्षेत्रका वासिन्दा त्रासित भएर घर बाहिर निस्कीएका थिए । 

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । 

उनीहरुका अनुसार धेरै पराकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन । 


कस्तो लाग्यो ?

यो पनि