चैत १६, २०८०, शुक्रबार
               

ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

स्याङजा । भीरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । भीरकोट नगरपालिका-३ बस्ने २० वर्षीय विपीन जिटीकाे मृत्यु भएकाे छ भने दुर्घटनामा अर्का एक जना घाइते छन् । 

शनिबार बिहान करिब १० बजे भीरकोटको सामदीस्थित भित्री कच्ची सडकखण्डमा ग १ त ५६३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिँदा ती युवककाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

वडा प्रहरी कार्यालय वालिङका अनुसार दुर्घटनामा अर्का एक १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । उनलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि