बैशाख १२, २०८१, बुधबार
               

कर्णाली प्रदेशसभाका कांग्रेस नेता शाहीले प्रजिअमार्फत् प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

हुम्ला । कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 

नेपाल–चीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै उनले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले सो ज्ञापनपत्र बुझाएको हो । 

डेढ महिनाअघि लिमी क्षेत्रमा नेपाली भूमि मिचेर चिनियाँ पक्षले ९ वटा भवन बनाएको भन्ने समाचार बाहिरिएसँगै शाही नेतृत्वको टोली सीमाक्षेत्र पुगी अध्ययन गरेको थियो । सो क्षेत्रको भ्रमण गरेसँगै सो टोलीले ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको थियो ।

‘चिनियाँ पक्षले करिब डेढ किलोमिटर नेपालको भूमि मिचेर ललोङजोङमा भवन निर्माण गरेको छ,’ सो क्षेत्रको भ्रमण गरेका शाही भन्छन्, ‘सरकारले सीमा मिचिएकोबारे गम्भीर अध्ययन र अनुसन्धान गरी कूटनीतिक पहल चाल्न जरुरी छ ।’

त्यसैगरी, उनले  पहिलो चरणमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई दुईबुँदे मागसहित ध्यानाकर्षण पत्र पठाएको जानकारी दिए । सीमा मिचिएको कुरा बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सीमा क्षेत्रमा पुगेको थियो ।सो टोलीले स्थलगत अध्ययन प्रतिवेदन सरकारलाई नबुझाउँदै परराष्ट्र मन्त्रालयले चीनले नेपालको सीमा नमिचेको अभिव्यक्ति दिएका थिए । 

त्यसैगरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पटक-पटक चीनले नेपालको भूमि मिचेको भनी बताउँदै आएको थियो । शनिबार पनि कांग्रेस नेता प्रकाशमान सिंहले नेपाल-चीन सीमानाबारे परराष्ट्रमन्त्री ज्ञवालीले विवादित अभिव्यक्ति दिएको बताएका छन् । 

‘सीमा विज्ञसहित परराष्ट्रविद् र सुरक्षाकर्मीको टोलीलाई हिल्सा र लिमी पठाएर स्थानीय बासिन्दाको उपस्थितिमा नक्सा भिडाएर बास्तविकता बाहिर ल्याउन जरुरी छ,’ कांग्रेसले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,–‘सीमास्तम्भका पुन: सिमांकन गरी दुई देशबीचको विवादलाइ कूटनीतिक माध्यमबाट स्थायी समाधान गर्न आवश्यक छ ।’

यो पनि