चैत १६, २०८०, शुक्रबार
               

सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको कांग्रेस नेता सिंहको भनाइ

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीले नेपालको भूमि मिचिएको छैन भनी अपरिपक्व अभिव्यक्ति दिएको बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रमा सहभागी हुँदै उनले शनिबार नेता सिंहले यस्तो बताएका हुन् । ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ ,’ उनले भने, ‘ यो दुर्भाग्य हो ।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले सरकारको परराष्ट्र नीतिप्रति पनि असन्तुष्टि प्रकट गरेका छन् । ठूला ठूला भ्रष्टाचार काण्ड भएको  बताउँदै उनले त्यसको निष्पक्ष छानबिन हुन नसकेको भनी सन्तुष्टि प्रकट गरे । ‘जतिसुकै ठूलो नेता भए पनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिनु हुँदैन,’ उनले भने ।

यो पनि