बैशाख १२, २०८१, बुधबार
               

गरीब घरपरिवारका लागि सरकारले चाडपर्व खर्च दिनुपर्ने कांग्रेस नेताको माग

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताले सभापति शेरबहादुर देउवासँग सरकारले गरीब घरपरिवारका लागि चाडपर्व खर्च दिनुपर्ने माग राखेका छन् । 

नेपाली कांग्रेसले गठन गरेको कोरोनाबारे अध्ययन तथा अनुगमन समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वको समितिले सभापति शेरबहादुर देउवासँग सरकारले गरीबका लागि चाडपर्व खर्च दिनुपर्ने माग राखेका हुन् । 

‘कोरोनाबाट अति प्रभावित गरिब घरपरिवारलाई चाडपर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गर्दछौँ,’ महतले भने ।

यस्तै, कांग्रेसले विदेशमा रहेका नेपाली बेरोजगार नागरिकलाई राहत, सहयोग र स्वदेश फर्कन चाहनेलाई फर्कने व्यवस्था सरकारले मिलाउनुपर्ने पनि माग गरेको सहमहामन्त्री महतको भनाइ छ । अप्ठेरोमा परेका नागरिकलाई सक्दो सहयोग गर्न कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेको छ ।

यो पनि