बैशाख ०७, २०८१, शुक्रबार
               

कर्णालीका सांसदसँग प्रचण्डको पतिवद्धता- 'सबै समस्या एकैपटक हल गर्छौं'

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा माथिदेखि तल्लो तहसम्म देखिएको विवाद एकैपटक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कर्णाली सरकारविरुद्ध अविश्वास प्रस्तावको नेतृत्व गरेका यामलाल कँडेल, मुख्यमन्त्रीले प्रमुख सचेतकबाट हटाएका गुलावजंग शाहलगायत पार्टी नेतासँग शुक्रबार भएको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

अहिले अविश्वासको प्रस्ताव ल्याउन नहुने बताउँदै प्रचण्डले सो कार्य पार्टी एकता, स्थायी कमिटीको बैठकको मर्मविपरीत भएको प्रचण्डको भनाइ उधृत गर्दै छलफलमा सहभागी कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार, पार्टी एकता बलियो बनाउने र सरकारका काम प्रभावकारी बनाउने विषयमा सबै गम्भीर हुनु आवश्यक रहेकोमा प्रचण्डको जोड छ ।

छलफलमा सांसद कँडेलले अविश्वासको प्रस्ताव ल्याउनुको कारणबारे प्रचण्डलाई जानकारी गराएका थिए ।

‘यामलालजीले सरकारको समीक्षा र अविश्वासको प्रस्ताव ल्याउनुको कारणबारे कुरा राख्नुभयो’, कँडेलको भनाइ उधृत गर्दै शर्माले भने, ‘सबै मिलेर अविश्वास प्रस्ताव ल्याएको हो । अहिले आउन आवश्यक थियो र ल्याएका हौं ।’ 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार गठनदेखि नै प्रभावकारी काम गर्न नसकेको, पार्टी र सरकारबीच समन्वय नगरेर अघि बढेकाले समस्या देखिएको असन्तुष्ट नेताहरुले प्रचण्डलाई जानकारी गराएका थिए । 

कर्णालीमा मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सांसद यमलाल कँडेलसहित १८ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पार्टीमा विवाद चुलिएको छ । 

विवाद समाधानका लागि मुख्यमन्त्री शाहीसहितका असन्तुष्ट पक्षीय सांसद र पार्टीका कर्णाली प्रदेशका पदाधिकारी यतिबेला काठमाडौंमा छन् । 

उनीहरुलाई काठमाडौं बोलाइएको दुई दिन भइसक्दा पनि अध्यक्षद्वयसँग संयुक्त छलफल हुन सकेको छैन । 

कार्यकारी अध्यक्ष प्रचण्डले भने दुवै पक्षका नेताहरुसँग छलफल गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि