चैत १६, २०८०, शुक्रबार
               

२२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

सुर्खेतमा २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका २ का २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

युवकको मृत्युपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

ती युवक असोज २८ गते शौचालयमा बेहोस भएका थिए । उनी आफन्तकोमा बसेर अध्ययन गर्दै आएका थिए ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

श्वास्प्रश्वासमा समस्या देखिएकाले उनलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि