बैशाख १३, २०८१, बिहीबार
               

शिक्षाप्रद च्यानल सिबेबिज् नेपालमा पनि

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

ब्रिटिस मात्र नभएर विश्वभरका नागरिकका लागि शिक्षाप्रद र चाखलाग्दो सामग्री निर्माण गर्ने बिबिसी स्टुडियोको प्रसिद्ध टेलिभिजन च्यानल ‘सिबेबिज् (CBeebies)’ नेपालमा पनि प्रसारण भइरहेको छ । 

नेपालका लागि आधिकारिक वितरक युबिपी प्राइम प्रा. लि.का अनुसार सो च्यानलले मुख्यतः बालबालिकालाई लक्षित गरेर कार्यक्रम निर्माण तथा प्रसारण गर्ने गर्छ । च्यानल प्रसारक बिबिसी स्टुडियोका अनुसार सो च्यानल विशेषतः प्रि–स्कुलसँगै माथिल्ला कक्षाका बालबालिकाका लागि लक्षित छ । त्यसैले सो च्यानलमा बालबालिकाले विविधता महसुस गर्न सक्ने छन् ।

सिबेबिज् च्यानलमा मनोरञ्जनात्मक, विश्वासिला तथा अन्तरक्रियात्मक शृङ्खलाहरू प्रसारण हुने गर्छन् । जसको मुख्य उद्देश्य किशोर दर्शकहरूमा ज्ञानको विकास गर्नु पनि हो । जसमा ‘हे डगी (Hey Duggee)’, ‘गो जेटर्स् (Go Jetters)’ तथा ‘सराह एन्ड डक (Sarah and Duck)’ जस्ता कार्यक्रम प्रसिद्ध छन् । सो च्यानलले वातावरण विनाश रोक्न बाल–बालिकालाई सचेत बनाउने कार्यक्रम पनि निर्माण र प्रसारण हुँदै आएका छन् ।

डिस होम बाहेक नेपालका अधिकांश केबल अपरेटरहरुले सो क्लिन फिड च्यानल प्रसारण गरिरहेको आधिकारिक वितरक युबिपी प्राइमले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि