बैशाख ०७, २०८१, शुक्रबार
               

टिचिङ अस्पतालमा तीन संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । महाराजगन्जस्थत त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोना संक्रमित दुई महिला तथा एक पुरुषको मृत्यु भएको चिकित्सक सविन थपलियाले जानकारी दिए ।

डा. थपलियाका अनुसार संक्रमित दुई जना महिला केही दिन अघि देखि अस्पतालमा उपचाररत थिए । संक्रमित पुरुषको भने अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भइसकेको थियो ।

मृतकमध्ये एकजना काठमाडौंको तारकेश्वर नगरपालिकाकी २३ वर्षीया महिला हुन् । उनी लामो समयदेखि कलेजोको समस्याले ग्रसित थिइन् ।

यस्तै गोरखाकी ४० वर्षीय महिलाले किड्नीको डायलासिस गराइरहेकी थिइन् । उनको पनि कोरोना संक्रमणपछि मृत्यु भएको हो ।

यस्तै धादिङका ४५ वर्षीय संक्रमित पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको उनले बताए । उनलाई निमोनिया भएको डा. थपलियाले बताए ।


कस्तो लाग्यो ?

यो पनि