बैशाख ०७, २०८१, शुक्रबार
               

सजिँदै दुर्गा मूर्तिहरू ! (फोटो फिचर)

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना महामारीबीच दसैँले छोपेको छ । पक्कै पनि धेरैका लागि अरू वर्षहरूझैँ सहज दसैँ बन्ने छैन । मानिसको जमघट कम हुने छ । वर्ष दिनमा एकपटक भेट हुने अवसर धेरैले गुमाउने निश्चित जस्तै छ ।

काठमाडौं उपत्यकामा पनि यसपटकको दसैँको माहौल खासै छैन । दसैँमा रित्तो हुने काठमाडौंमा नागरिक आयतनमा धेरै कमी नआए पनि रौनक पनि छाउने छैन । यसबीच पनि रीतिरिवाज र परम्परा धान्ने प्रयास जारी छ ।

दसैँमा दुर्गा भवानीको पूजाआजा गरिन्छ । नेपालीहरूको विशेष र मुख्य चाड दसैँले महिलामा असीम शक्ति छ र उनीहरू पूजनीय छन् भन्ने सन्देश पनि दिएको छ । यतिबेला कालिगडहरू तिनै दुर्गाभवानीको मूर्ति बनाउन व्यस्त छन् ।

ललितपुरको सानेपामा सजिँदै गरेका मूर्तिहरू :


कस्तो लाग्यो ?

यो पनि