चैत १६, २०८०, शुक्रबार
               

१४ वर्षीया किशोरीको बलात्कारपछि हत्याका अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

गौर । रौतहट प्रहरीले १४ वर्षीया किशोरीको बलात्कारपछि हत्याका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवाका ४५ वर्षीय चुनु साह तेली रहेका छन् ।

रौतहट गढीमाई नगरपालिका घर भई हाल वृन्दावन ४ स्थित बैद्यनाथ साहको निवासमा सानै देखि बस्दै आएकी बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

निज बालिकाको शव असोज १६ गते बिहान उखु खेतमा भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभियुक्तले बलात्कार गरेको र त्यसबारे अरूलाई भनिदिने भनेर किशोरीले भनेपछि घाटी थिचेर हत्या गरेको खुलेको छ ।

अभियुक्तलाई प्रदेश २ र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गरुडा नगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला अदालतबाट १५ दिन म्याद थपेर घटनाको थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि