बैशाख ११, २०८१, मंगलबार
               

टेलिकमको अफरै अफर, ५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड प्याकेज

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वका उपलक्ष्यमा मोबाइल सेवामा विभिन्न अफर ल्याएको छ ।

टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराइएको छ ।

यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ ल्याइएको टेलिकमले जनाएको छ ।

अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ। तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युब र फेसबुक अनलिमिटेड प्याकेज उपलब्ध हुनेछन् ।

यी अफर खरिद गरेपश्चात् १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक पनि खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक दिने गरिएकामा अब यही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

अलटाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि भ्वाइस प्याक यथावत् रूपमा उपलब्ध हुनेछन् । राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि जारी रहने टेलिकमले जनाएको छ ।

यसअघि ‘वान डे डाटा प्याक’अन्तर्गत १५ रुपैयाँमा जुनसुकै समय चलाउन पाइने ६० एमबी प्याक दिने गरिएका ठाउँमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी पाइने ठाउँमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।

वान डे डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने गरी १० रुपैयाँमा ८० एमबी डाटा दिने गरिएकामा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध हुने गरेकामा अब यो प्याकेज १५ रुपैयाँमै उपलब्ध टेलिकमले जनाएको छ ।

यस्तै फेस्टिभल अफरअन्तर्गत दसैं/तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम/सीडीएमए मोबाइल रिचार्जमा अतिरिक्त मिनेट बोनसका उपलब्ध गराइनेछ । यसमा रिचार्ज कार्डबाट ५० रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्ज कार्डबाट १०० वा एमपोसबाट ५१ देखि १०० रुपैयाँसम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरी रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । यस्तै रिचार्ज कार्डबाट १००० वा एमपोसबाट १००० हजार वा यसभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुने नेपाल टेलिकमले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि