बैशाख ०७, २०८१, शुक्रबार
               

नेपाली सिरियल पहिलोपटक भारतीय टेलिभिजनमा

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’को हास्य श्रृंखला ‘टेन्सन साफ’ दार्जिलिङको टेलिभिजनबाट प्रसारण हुन थालेको छ । समसामयिक विषयवस्तुमा निर्माण भएको यो हास्यश्रृंखला दार्जिलिङको ‘टिस्टा रङ्गीत’ टेलिभिजनबाट हरेक सोमबार र बिहीबार प्रसारण हुन थालेको कलाकार तथा निर्देशक गोपाल ढकाल ‘छन्दे’ जानकारी दिए । 

‘नेपालको टेलिश्रृंखला दार्जलिङको टेलिभिजनबाट प्रसारण भएको सम्भवतः यो पहिलो हो’ ढकालले भने, ‘श्रृंखलाका लागि राम्रो रेस्पोन्स आइरहेको छ ।’
एभरग्रिन वर्ल्डवाईड इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्मित हास्यश्रृंखला ‘टेन्सन साफ’को लेखन, निर्देशन तथा सम्पादन ढकालकै रहेको छ । गीतसमेत ढकाललकै रहेको श्रृंखलामा श्याम राई, उद्धव प्रसाद भट्टराई, प्रेम पाण्डे, गीता नेपाल, रोहित कार्की, प्रमिला राई, हर्कमान वाइवा (रिदम), रबिन भुषाल(कडा), आशिका अधिकारी, केशवराज अर्याल, अनु अधिकारीलगायत समेतको अभिनय रहेको छ । नेपालमा भने, ‘टेन्सन साफ’ छन्दे युट्युब च्यानलमार्फत सार्वजनिक हुने गरेको छ ।

धरान, नवलपरासी, काभ्रे, काठमाडौंलगायत जिल्लाहरुमा छायाँकन हुने श्रृखलाका लागि दशैंसम्मको भाग निर्देशकले बुझाइसकेका छन् । त्यसपछिका लागि दशैंलगत्तै छायाँकन गर्ने तयारी निर्माण युनिटको रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि