बैशाख १३, २०८१, बिहीबार
               

प्रचण्डकी नातिनीसँग जोडी बाँधे सलोन बस्नेतले

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

नायक सलोन बस्नेतले गायिका स्मिता दाहालसँग जोडी बाधेका छन् ।

सलोनले आफ्नै प्रोडक्सन हाउस 'प्रफेक्ट प्लान'बाट निर्माण गरेको नयाँ म्युजिक भिडियोमा नेकपाका अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डकी नातिनी समेत रहेकी गायिका स्मितासँग जोडी बाधेका हुन् ।

सलोनले उक्त म्युजिक भिडियोको सुटिङ सक्काएका छन् । भिडियोमा उनको साथमा स्मिताको अभिनय देख्न पाइनेछ । भिडियोका दृश्यमा उनीहरु दुलाहा र दुलहीको भूमिकामा देखिएका छन् ।

गीतमा स्मिताकै स्वर छ । राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । शिशिर खातीको निर्देशन रहेको यस गीतको भिडियोमा सलोन र स्मितासँगै प्रकाश घिमिरे, गौतम धिमाल, सुमिन गुरुङको पनि अभिनय देख्न पाइनेछ ।

भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् ।

महंगो लगानीमा तयार भएको भिडियो चाँडै रिलिज गरिने सलोनले बताए ।


कस्तो लाग्यो ?

यो पनि