चैत १५, २०८०, बिहीबार
               

राजेश हमालको कार्यक्रम ‘जातको प्रश्न’ विवादमा

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

काठमाडौं । अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दूविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्काे विरोध हुन थालेका छन् ।

समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रसारण गर्दै  आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दूविरोधी भएको भन्दै विरोध हुन थालेको हो । 

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रममार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दू समाजसँग माफी माग्नुपर्ने आवाजसमेत गुन्जन थालेका छन् ।

सामाजिक संजालमा कार्यक्रमको चर्काे विरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेनगोलामा जम्मा भएका हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाउँदै चर्काे विरोधसमेत गरेका छन् ।

कार्यक्रममार्फत हमालले नेपाली हिन्दू समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताउँदै आएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोवास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल बन्द गराउनुपर्ने माग रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि