बैशाख १३, २०८१, बिहीबार
               

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

डोटी । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से १ त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि