बैशाख ०७, २०८१, शुक्रबार
               

कर्णालीमा किचलो : नेकपा संसदीय दलको बैठक सात गते

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छिन् ।

नेपालीले दलको बैठकको मिति तय गरेसँगै नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ । 

यसअघि बर्खास्त गरिएका गुलाबजंग शाहले भोलि (मंगलबार) दिउँसो १ बजे दलको बैठक बोलाएका थिए । 

शाहले जसरी भए पनि भोलिकै बैठकबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आएको अविश्वासको प्रस्ताव पास गर्ने बताएका छन् ।

यसअघि आजै कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई दलका नेता एवं मुख्यमन्त्री शाहीले पदमुक्त गरेका थिए । 

संसदीय दलका नेतालाई जानकारी नगराइ मंगलबार दलको बैठक बोलाएपछि दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन् । 

त्यसपछि मुख्यमन्त्री शाहीले आजै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् । 

कार्तिक सात गते बैठक बोलाएको छु । म सबैलाई मिलाएर लैजाने प्रयासमा छु ।  नेपालीले भनिन्, ‘सोही बैठकले नयाँ निर्णय गर्नेछ।’ 


कस्तो लाग्यो ?

यो पनि