बैशाख १२, २०८१, बुधबार
               

कर्णालीमा नेकपा संसदीय दलको बैठक बोलाइयो

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको छ । 

मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाइएको प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले जानकारी दिए ।

आइतबार नेकपा सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । 

उनीहरुले नेकपा संददीय दलका नेता तथा मुख्यमन्त्री शाहीले पार्टी र सरकार सञ्चालन प्रभावकारी रुपमा गर्न नसकेको भन्दै सो प्रस्ताव दर्ता गराएका हुन् ।

शाहीमाथि परेको अविश्वास प्रस्ताव फिर्ता गराउन अहिले कर्णाली प्रदेशका नेताहरुबीच सुर्खेतमा छलफल भइरहेको छ ।

मुख्यमन्त्री शाहीमाथि अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले हिजै कर्णालीका नेताहरुसँग टेलिफोनमा संवाद गरेका थिए ।

सोमबार विहान कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा, स्थायी कमिटी सदस्य वर्षमान पुन लगायतका नेतालाई प्रचण्डले खुमलटारमा बोलाएर फेरि छलफल गरेका थिए ।

त्यसलगत्तै प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए ।

यसैबीच आज (सोमबार) प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटी मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव तत्काल फिर्ता लिन निर्देशन दिन आग्रह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि