चैत १६, २०८०, शुक्रबार
               

यसपालि दशैँमा चिनियाँ भेडा–च्याङ्ग्रा आउने सम्भावना न्यून

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । हिन्दू धर्मालम्बीहरुको महान चाड दशैँ नजिकिँदै गर्दा यसपालि चिनियाँ च्याङ्ग्रा भेडा आउने सम्भावना भने एकदमै न्यून छ । चिनियाँ च्याङ्ग्रा भेडा ल्याउन कुनै व्यवसायीले पनि चासो नदिँदा सम्भावना टर्दै गएको हो ।

विशेषगरी, उत्तरी सीमा केरुङ्ग रसुवागढी नाका तथा पश्चिम उत्तरी क्षेत्र मनाङ मुस्ताङ सीमा पारी तिब्बतबाट च्याङ्ग्रा भेडा आयात गर्ने गरिन्छ । तर, यसपटक दुबै क्षेत्रबाट दसैैँका लागि च्याङ्ग्रा भेडा आयात हुने सम्भावना अत्यन्त न्यून भएको रसुवागढी भन्सार कार्याल प्रमुख पुण्य विक्रम खड्काले बताए । 

नेपालमै पनि मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला लगाय हिमाली क्षेत्रहरुमा स्थानीय रुपमै च्याङ्ग्रा भेडा उत्पादन हुने गर्छ ।

यता रसुवागढी भन्सार कार्यालयमा सुनसान छ । केहि दिन अघि एक जनाले आयातका लागि बुझ्न आएपनि आधिकारिक कुनै प्रस्ताव नआएको खड्काले बताए ।

गत वर्ष रसुवागढी नाका हुँदै ३०० को हारहारीमा चिनियाँ च्याङ्ग्रा भेडा आयात भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि