बैशाख १२, २०८१, बुधबार
               

नेपाल फर्किन नपाएका दुबईका कामदारको १९ लाख जरिवाना छुट, छुटपछि फर्किए नेपाली

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

युएई । जरिवाना तिर्न नसक्दा नेपाल फर्किन नपाएका १७ जना नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ मिनाहा भएको छ । नेपाली दूतावास अबुधाबीको पहलमा उक्त रकम मिनाहा भएको हो ।

दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरु गत जुलाई १२ तारिखदेखि बिना भिसा युएईमै बस्न बाध्य भएकाले ओभरस्टेस्वरुप युएई दिराम ६० हजार जरिवाना तिर्न नसकेका कारण उनीहरू एयरपोर्टबाट फर्किएका थिए ।

नेपाली दूतावास अबुधाबीले दुबई इमिग्रेसनसँग समन्वय गरेर उक्त जरिवाना माफी गरिदिएको र यस कार्यमा नेपाली दूतावास अबुधाबीका जनसम्पर्क अधिकारी मोहम्मद इर्फानले अतुलनीय योगदान गरेको नेपाली दूतावास अबुधाबीकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिइन् ।

काउन्सिलर थापाका अनुसार उक्त कम्पनीमा कोभिड-१९ का कारण नियमित काम चल्न नसकेर ३५८ जना नेपाली बेरोजगार भएको र दूतावास साथै सामाजिक संघसंस्थाको सहयोगमा उनीहरूलाई खाना तथा अन्य सहयोग उपलब्ध गराउँदै आइएको थियो ।

उनका अनुसार दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट सबैलाई हवाई टिकट उपलब्ध गराइएको छ भने दूतावास र नेपाली समाज युएईको पहलमा एस्टर क्लिनिकबाट १७ जना नेपाली कामदारहरुको नि:शुल्क पिसिआर समेत गराइएको छ ।

पिसिआर गराउन व्यवस्थापनको महत्त्वपूर्ण काममा नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले योगदान गरेको काउन्सिलर थापाले बताए ।

उनीहरुलाई सुरुमा एनआरएनले खान र बस्नको व्यवस्थापन गरेको थियो भने लामो समयसम्म रेखदेख गर्न नसक्ने भन्दै एनआरएनए युएई पछि हटेको पीडित नेपाली कामदारहरुले सार्वजनिकरूपमा बोल्न थालेका थिए ।

पछिल्लो पटक पीडितहरु आक्रोशित बन्दै जादा परिस्थिति गम्भीर हुन लागेको अवस्थामा नेपाली दूतावास अबुधाबीले विसयवस्तुलाई टेक ओभर गरेर पीडित नेपालीहरुको पक्षमा सकारात्मक काम गरेको पत्रकार मेघराज सापकोटाले प्रतिक्रिया दिए ।

उनीहरू आइतबारको नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि