बैशाख ११, २०८१, मंगलबार
               

गुगलले लगायो अढाइ सय एन्ड्रोइड एपमाथि प्रतिबन्ध

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । गुगलले आफ्नो प्ले स्टोरबाट करिब अढाइ सय एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको थाहा पाएसँगै गुगलले ब्लक गरिदिएको हो ।

ती २ सय ४० वटा एपले गुगलको नियम उल्लंघन गरी एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने गरेको हुँदा प्रतिबन्ध लगाएको हो ।

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारबाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो । त्यसरी ब्लक भएका एपहरुमा अधिकांश रेन्बोमिक्स ( RAINBOWMIX) ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् ।

स्मरण रहोस् उक्त ग्रुपका एपहरु हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका छन् । ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन डेढ करोड प्रयोगकर्तासामु अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि