बैशाख १२, २०८१, बुधबार
               

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावबारे ओली–प्रचण्डबीच छलफल

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि नेकपाको केन्द्रीय राजनीतिमा पनि नयाँ तरंग छाएको छ।

मुख्यमन्त्रीकै विरुद्धमा पूर्व एमाले समूहका १५ र पूर्व माओवादी समूहका तीन जना सांसद विपक्षमा उभिएपछि अहिले मुख्यमन्त्री शाही अप्ठ्यारोमा परेका छन् ।

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबी छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

जारी भेटवार्तामा कर्णाली प्रदेश सरकारका विषयमा उत्पन्न विवादका बारेमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । छलफलमा मन्त्रिपरिषद् पुर्नगठन र पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने विषयमा पनि कुराकानी हुने बताइएको छ । 

गत भदौ २६ गते सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले सरकारका कामलाई प्रभावकारी बनाउन संघ र प्रदेशमा मन्त्रिपरिषद्को हेरफेर गर्न सकिने निर्णय गरेको थियो ।

उक्त विषयमा पार्टीको केन्द्रीय नेतृत्वमा छलफल अघि नबढ्दै कर्णाली प्रदेशमा विवाद देखा परेको हो । 


कस्तो लाग्यो ?

यो पनि