बैशाख ०६, २०८१, बिहीबार
               

जापानद्वारा पहिलोपटक नयाँ टेक्नोलोजीमा ‘ग्लोबल इन्जिनियरिङ कोर्ष’ सुरु

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

जापानको क्योतो सहरस्थित क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले नयाँ आधुनिक पूर्ण विज्ञता इन्जिनियर उत्पादन गर्ने उदेश्यले आधुनिक शैलीको ‘ग्लोबल इन्जिनियरिङ कोर्ष’को सुरुवात गरेको छ ।

आजको विश्वमा प्रचलित परम्परागत इन्जिनियरिङ कोर्षले द्रुत गतिमा विकसित हुँदै गरेको टेक्नोलोजीमा खासै केही काम गर्न नसक्ने र उनीहरुको विज्ञताले नयाँ-नयाँ कुराहरुको आविष्कार गर्न र हालको विश्व अर्थतन्त्रलाई खासै टेवा पुग्दैन । 

क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सका इन्टरनेशनल अफिसको डाइरेक्टर ताकेदा कियोशिकाले अब विश्वलाई हरेक क्षेत्रको ज्ञान भएको आधुनिक पूर्ण विज्ञता इन्जिनियरको आवश्यक्ता रहेको बताएका छन् । 

क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले आधुनिक पूर्ण विज्ञता इन्जिनियर उत्पादन गर्ने उदेश्यले जापानी भाषाविना नै विश्वका हरेक विद्यार्थीले पढ्न सक्ने गरी आगामी २०२१ सेप्टेम्बरदेखि अंग्रेजी माध्यमको पढाइ सञ्चालन गर्न लागेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि