बैशाख १२, २०८१, बुधबार
               

भक्तपुरमा दुर्घटना, एकको मृत्यु

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए ।

मोटरसाइकल पछाडि बसेका ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि