चैत १६, २०८०, शुक्रबार
               

काँग्रेसद्वारा डा केसीसँगको सहमति कार्यान्वयन गर्न माग

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र  खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराए ।

प्रवकेता शर्माले काँग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेकाे छ । 

यो पनि