चैत १६, २०८०, शुक्रबार
               

अनसनरत डा केसी र सरकारबीच ८बुँदे सहमति, अनसन आइतबार तोडिने

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

२७ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । यो सँगै डा केसीले  आइतबार बिहान बजे अनसन तोड्ने भएका छन् ।

दूईपक्षबीच ८बुँदे सहमति भएको छ ।  वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिवार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने, अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानुनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।


कस्तो लाग्यो ?

यो पनि