बैशाख १२, २०८१, बुधबार
               

'सरकार गोविन्द केसीको ज्यान जाओस् भन्ने चाहन्छ'

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न मागसहित डा. केसी २६ दिनदेखि अनशनमा छन् ।

सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच हिजो (शुक्रबार) राति ९ बजेदेखि शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेको डा. केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले बताए ।

उनका अनुसार, राति नै सहमति गरेर डा. केसीको अनशन तोडाउने तयारी थियो । त्यसअघि बिहीबार पनि विभिन्न चरणमा वार्ता भएको थियो । 

शुक्रबारको वार्ता पनि निष्कर्षविहीन भएपछि संयोजक डा. क्षेत्रीले सरकारले छलछाम मात्र गरेर नतिजामुखी वार्ता नगरेको आरोप लगाए । ‘वार्ता लम्ब्याएर सरकार डा. केसीको ज्यान जोखिममा पार्न चाहन्छ । अब थप सशक्त आन्दोलनको विकल्प नरहेको उनले बताए ।

वार्तामा बोलाएर सरकारी पक्ष आफैंले गरेको समझदारीबाट पछि हटेको बताउँदै क्षेत्रीले बिहीबार भइसकेको सहमतिमा पनि सरकारी पक्षले हस्ताक्षर गर्न नमानेको जानकारी दिए ।

गृहकार्य गर्नुपर्छ भन्दै सरकारी पक्ष पछि हटेको उनको भनाइ छ । 

‘शिक्षामन्त्रीसँग सम्पर्क नै हुन सकेन भनियो । वास्तवमा शिक्षामन्त्रीले गोविन्द केसीप्रति दुराशय राखेका छन् । आफ्नै वार्ता टोलीसँग सम्पर्कविहीन भएर बसे । उनको फोन नै अफ थियो भन्ने कुरा छ’, डा. क्षेत्रीले भने,  ‘शिक्षामन्त्रीले डा. केसीको ज्यान जाओस् भन्ने चाहेको देखियो । प्रधानमन्त्रीले पनि जिम्मेवारी देखाएनन् ।’

सरकार तत्काल वार्तामा बस्न नचाहेको बताउँदै उनले भने, 'हामी वार्तामा बस्न सधैं तयार छौँ ।'


कस्तो लाग्यो ?

यो पनि