चैत १६, २०८०, शुक्रबार
               

पाकिस्तानमा यसकारण लगाइयो टिकटकमाथि प्रतिबन्ध

एजेन्सी
असोज २४, २०७७

ADVERTISEMENT

पाकिस्तानमा भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिवन्ध लगाइएको छ ।

पाकिस्तानको दूरसंचार प्राधिकरण (पिटिए)ले चिनिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।

अनैतिक र अश्लील सामग्रीको फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिवन्ध लगाइएको पाकिस्तान सरकारले बताएको छ । 

पिटिएका अनुसार टिकटकमा सार्वजनिक गरिने अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजमा गुनासाहरु बढ्न थालेपछि प्रतिबन्ध लगाइएको हो ।  

यदि टिकटकले अवैध सामग्रीलाई नियन्त्रित गर्ने कुनै सन्तोषजनक तरिका अपनाएको खण्डमा प्रतिबन्धमाथि पुर्नविचार गर्न सकिने पाकिस्तान सरकारको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि